प्रादेशिक अस्पताल भद्रपुर नेपालको कोशी प्रदेशको झापा जिल्लाको भद्रपुर नगरपालिका-०८ मा अवस्थित एक सरकारीस्वामित्मा रहेको, प्रदेश-स्तरीय स्वास्थ्य सेवा संस्था हो। पहिले मेची अञ्चल अस्पतालको रूपमा चिनिने यो अस्पताल नेपालको पूर्वी क्षेत्रलाई सेवा दिने रेफरल अस्पतालहरू मध्ये एकको रूपमा विकसित भएको छ। अस्पतालले आपतकालीन, ओपीडी,आईपीडी, फार्मेसी, प्रयोगशाला, ओएसटी, ओसीएमसी, डायलिसिस, फिजियोथेरापी, पोषण पुनर्वास केन्द्र जस्ता सेवाहरू प्रदान गर्दछ।