प्रदशिक अस्पताल भद्रपुरको दन्त विभाग मुखगुहा, जबडा, अनुहार तथा सम्बन्धित संरचनाहरूको स्वास्थ्य उपचार तथा संरक्षणमा समर्पित रहेको छ । यस विभागले विभिन्न प्रकारका दन्त सेवाहरू प्रदान गर्दै आएको छ, जसमा निम्न सेवाहरू समावेश छन् :

  • नियमित मुख तथा दाँत परीक्षण
  • दन्त एक्स-रे सेवा
  • मुखसम्बन्धी घाउ तथा रोगहरूको पहिचान र उपचार
  • मुखको क्यान्सरको प्रारम्भिक पहिचान
  • मुख तथा दाँत सफाइ (ओरल प्रोफिल्याक्सिस)
  • किराले खाएका दाँतहरूको सामान्य भराइ (फिलिङ)
  • रुट क्यानाल उपचार सेवा
  • दाँत निकाल्ने सेवा
  • अनुहार तथा जबडासम्बन्धी चोटपटक भएका बिरामीहरूको मूल्याङ्कन तथा व्यवस्थापन
  • अनुहार तथा दन्त-अल्भियोलर संक्रमण भएका बिरामीहरूको निदान तथा उपचार
  • टेम्पोरो-म्यान्डिबुलर जोइन्ट (TMJ) सम्बन्धी समस्याबाट पीडित बिरामीहरूको निदान तथा व्यवस्थापन ।