प्रादेशिक अस्पताल भद्ररपुरको को आकस्मिक सेवा (Emergency Service) अस्पतालको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील विभागमध्ये एक हो, जसले गम्भीर बिरामी, चोटपटक, दुर्घटना तथा अन्य आकस्मिक स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूलाई तत्काल उपचार तथा जीवनरक्षक सेवा प्रदान गर्दछ। यो विभाग २४सै घण्टा, सातै दिन सञ्चालनमा रही झापा तथा आसपासका जिल्लाका बिरामीहरूलाई निरन्तर आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

आकस्मिक विभागमा अनुभवी चिकित्सक, नर्स, प्यारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मीहरू कार्यरत छन्, जो आकस्मिक अवस्थामा छिटो तथा प्रभावकारी रूपमा सेवा प्रदान गर्न प्रशिक्षित छन्। यस विभागमा ट्रमा, दुर्घटना, मुटुसम्बन्धी आकस्मिक अवस्था, श्वासप्रश्वासमा समस्या, विष सेवन, जलन, स्ट्रोक, उच्च ज्वरो, गम्भीर संक्रमण लगायत विभिन्न जटिल स्वास्थ्य समस्याहरूको उपचार गरिन्छ।

आकस्मिक विभागबाट प्रदान गरिने प्रमुख सेवाहरूः

२४सै घण्टा आकस्मिक चिकित्सा तथा नर्सिङ सेवा
गम्भीर बिरामीहरूको तत्काल परीक्षण तथा अवस्था स्थिर बनाउने सेवा
दुर्घटना, चोटपटक तथा ट्रमा सम्बन्धी आकस्मिक उपचार
मुटु तथा श्वासप्रश्वास सम्बन्धी आकस्मिक व्यवस्थापन
आकस्मिक प्रयोगशाला तथा निदानात्मक सेवा
सामान्य शल्यक्रिया तथा घाउ उपचार सेवा
एम्बुलेन्स तथा रिफरल समन्वय सेवा
आकस्मिक औषधि तथा जीवनरक्षक उपचार सेवा
बिरामीको निगरानी तथा छोटो अवधिको अवलोकन सेवा
आवश्यकताअनुसार विशेषज्ञ विभागमा छिटो रिफरल सेवा