प्रादेशिक अस्पताल भद्रपुर, झापामा डायलाइसिस सेन्टर वि.सं. २०७४ साल भदौ ६ गतेबाट सञ्चालनमा आएको हो । यस डायलाइसिस सेन्टरमा दक्ष नर्सिङ स्टाफ तथा प्राविधिक (टेक्निकल) सम्बन्धी कर्मचारीहरूद्वारा सेवा प्रदान गरिँदै आएको छ । यहाँ कार्यरत कर्मचारीहरूले काठमाडौंका विभिन्न प्रतिष्ठित संस्थाहरू जस्तै National Kidney Center, Shahid Dharmabhakta National Transplant Center, Nepal Medical College तथा Maharajgunj Teaching Hospital बाट तालिम प्राप्त गरेका छन् ।
नेपाल सरकारले डायलाइसिस सेवा निःशुल्क रूपमा उपलब्ध गराएको हुँदा आवश्यक मापदण्ड पूरा गरेका सम्पूर्ण सेवाग्राहीहरूले चरणबद्ध रूपमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
हाल यस सेन्टरमा दैनिक बिहान ७:०० बजेदेखि बेलुका राति ९:०० बजेसम्म ३ सिफ्टमा करिब २० देखि २५ जना बिरामीहरूलाई डायलाइसिस सेवा प्रदान गरिँदै आएको छ । साथै, आकस्मिक अवस्थामा डायलाइसिस सेवा आवश्यक परेमा २४ घण्टा, सातै दिन सेवा उपलब्ध गराउन अस्पताल तत्पर रहेको छ ।