प्रादेशिक अस्पताल भद्रपुरमा गम्भीर अवस्थामा रहेका बिरामीहरूको निरन्तर निगरानी, उपचार तथा आवश्यकताअनुसार आकस्मिक चिकित्सा सेवा प्रदान गर्न आई.सी.यू. सेवा सञ्चालनमा रहेको छ।
विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा अत्यावश्यक बिरामीहरूको स्वास्थ्य अवस्था निरन्तर मूल्याङ्कन गर्दै आवश्यक उपचार तथा जीवनरक्षक सेवा उपलब्ध गराइन्छ।