प्रादशिक अस्पतालको प्रयोगशाला सेवा विभागले बिरामीहरूको सही निदान, उपचार तथा स्वास्थ्य परीक्षणका लागि ISO 15189:2022 Certified,आधुनिक र विश्वसनीय प्रयोगशाला सेवाहरू प्रदान गर्दछ। अनुभवी प्राविधिक तथा विशेषज्ञहरूको टोलीद्वारा अत्याधुनिक उपकरणहरूको प्रयोग गरी छिटो, सुरक्षित र गुणस्तरीय परीक्षण सेवा उपलब्ध गराइन्छ।
हाम्रो सेवाहरू
- रगत परीक्षण (Blood Test)
- पिसाब तथा दिसा परीक्षण
- बायोकेमिस्ट्री तथा हर्मोन परीक्षण
- माइक्रोबायोलोजी तथा कल्चर परीक्षण
- इम्युनोलोजी तथा सिरोलोजी परीक्षण
- कोभिड-१९ तथा अन्य संक्रमण सम्बन्धी परीक्षण
- प्याथोलोजी तथा हिस्टोप्याथोलोजी सेवा
विशेषताहरू
-
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड ISO 15189:2022 अनुरूप प्रमाणित ल्याब सेवा
-
२४ घण्टा आकस्मिक प्रयोगशाला सेवा
- आधुनिक तथा स्वचालित उपकरण
- अनुभवी तथा दक्ष जनशक्ति
- छिटो र विश्वसनीय रिपोर्ट
- गुणस्तर सुनिश्चित परीक्षण प्रणाली
हामी बिरामीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विश्वसनीय तथा प्रभावकारी प्रयोगशाला सेवा प्रदान गर्न प्रतिबद्ध छौं।