प्रादेशिक अस्पताल भद्ररपुरको फार्मेसी सेवा बिरामीलाई सुरक्षित, गुणस्तरीय तथा सुलभ औषधि उपलब्ध गराउने महत्वपूर्ण विभाग हो। फार्मेसी विभागमा दक्ष तथा अनुभवी फार्मासिस्ट र सहायक कर्मचारीहरू कार्यरत छन्, जसले चिकित्सकद्वारा सिफारिस गरिएका औषधिहरू सही तरिकाले वितरण गर्नुका साथै बिरामीलाई औषधि सेवन गर्ने विधि, मात्रा, समय, सावधानी तथा सम्भावित असरबारे आवश्यक जानकारी प्रदान गरिन्छ ।

यस विभागबाट बाह्य बिरामी (OPD), भर्ना भएका बिरामी (IPD) तथा आकस्मिक सेवा लिने बिरामीहरूलाई २४सै घण्टा औषधि सेवा उपलब्ध गराइन्छ। अस्पतालमा आवश्यक पर्ने अत्यावश्यक तथा जीवनरक्षक औषधिहरूको नियमित उपलब्धता सुनिश्चित गरिन्छ।

फार्मेसी विभागबाट प्रदान गरिने प्रमुख सेवाहरूः

  • चिकित्सकको सिफारिस अनुसार औषधि वितरण
  • आकस्मिक अवस्थाका लागि २४ घण्टा औषधि सेवा
  • बिरामीलाई औषधि सम्बन्धी परामर्श तथा जानकारी
  • गुणस्तरीय तथा सुलभ मूल्यमा औषधि उपलब्ध गराउने
  • नेपाल सरकारद्वारा निःशुल्क उपलब्ध गराइने औषधि वितरण
  • स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सेवा
  • औषधिको सुरक्षित भण्डारण तथा व्यवस्थापन